दाङको बबई गाउँपालिकाको आर्थिक बर्ष २०८१/८२ का लागि बिनियोजित बजेट सर्वसहमत पारित भएको छ । बबई गाउँपालिकाको गत असार ७ गतेदेखी सुरु भएको १५ ओैं गाउँसभाको १० गते भएको दोस्रो बैठकमा पालिका उपाध्यक्ष बम कुमारी खड्काले बिनियोजन गर्नुभएको ४७ करोड ११ लाख ७९ हजार ३ सय ५० रुपैयाँ बराबरको बजेट लामो छलफल पछि मंगलबार बसेको १५ ओैं गाउँसभाको चौथो बैठकबाट सर्वसहमत पारित भएको हो ।
बजेट अन्तरगत चालु तर्फ ३१ करोड ५७ लाख १९ हजार ३ सय पचास र पुजिगत तर्फ १५ करोड, ५४ लाख ६० हजार रुपैयाँ गरि जम्मा ४७ करोड ११ लाख ७९ हजार ३ सय ५० रुपैयाँ समेटिएको छ। बजेट अन्तरगत सबैभन्दा बढि शिक्षा क्षेत्रमा २ करोड १५ लाख ६५ हजार रुपैयाँ बिनियोजन भएको छ। त्यस्तै स्वास्थ तर्फ १ करोेड ३३ लाख ९८ हजार ३ सय पचास कृषि तर्फ ४९ लाख ७० हजार, सहकारी तर्फ ४० लाख, पसु तर्फ २६ लाख ८५ हजार, महिला बालबालिका तथा जेष्ठ नागरिक तर्फ १८ लाख, खलकुद तर्फ १३ लाख न्यायिक समिति तर्फ ११ लाख, बिपद ब्यबवस्थापन तर्फ ११ लाख रुपैयाँ बजेट बिनियोजन गरिएको छ ।
उपाध्यक्ष खड्काले प्रस्तुत गरेको बजेमा गाउँपालिका परिसरमा स्तनपान कक्ष निर्माण गर्न सामाजिक सुरक्षा तथा घटना दर्ता सप्ताहा सञ्चालन गर्न महिला शसक्तिकरण तथा सिप बिकास तालिम सञ्चालन गर्न बालमैत्री वडा घोषणा गर्ने बबई कप जिल्ला स्तरीय फुटबल प्रतियोगिता सञ्चालन गर्न, हापुरे बजारमा कपडा बैंक स्थापना गर्न नियमित बजार अनुगमन तथा सहकारी नियमन गर्न, बिद्यालयमा सबैखाले रिक्त कोटामा पदपूर्तिका लागी शिक्षक बैंक स्थापना गर्न,कृषि उत्पादनमा समर्थन मुल्य कायम गर्न र कृषि हाट बजार सञ्चालनका लागी संरचना निर्माण गर्न लगायतका बिभिन्न शिर्षकमा आवश्यक बजेट बिनियोजन गरिएको छ ।
बबई गाउँपालिकाका अध्यक्ष कुल बहादुर खत्री क्षेत्रीको अध्यक्षतामा सम्पन्न गाउँशभाले बबई गाउँपालिकाको आर्थिक बिधियक २०८१ बबई गाउँपालिकाको बिनियोजन बिधिएक २०८१ तथा बबई गाउँपालिकाको नगर प्रहरी समबन्धी बिधियक २०८१ सर्वसहमतिले पारित गरेको छ । अव बबई गाउँपालिकामा १ जना हवल्दार र ४ जना प्रहरी जवान गरि ५ जना अस्थायी नगर प्रहरी भर्ना गरिनेछ ।
गाउँसभाले बबई गाउँपालिकामा कार्यरत सबै करार कर्मचारीको करार अवधी आगामी ६ महिनाका लागी नविकरण गर्ने, बबई गाउँपालिकाका सबै शाखा प्रमुखहरुको कार्य बिबरण तथा कार्य बिभाजन स्वईकृत गर्ने निर्णय गरेको छ। त्यस्तै गाउँसभाले बबई गाउँपालिकाका प्रवक्ता तथा बबई ७ का वडाध्यक्ष तिलकराम भण्डारी संयोजक तथा आर्थिक प्रशासन शाखा प्रमुख सुजनबाबु के।सी सदस्य सचिव रहेको बबई गाउँपालिकाको लेखा समिति गठन गर्ने निर्णय गरेको छ। समितिको सदस्यमा कार्यपालिका सदस्य नारायण परियार रहनु भएको छ ।
गाउँसभाले बबई गाउँपालिकाको बिधायन समिति परिमार्जन गर्ने निर्णय गरेको छ। बिधायन समितिको संयोजकमा बबई गाउँपालिकाका कार्यपालिका सदस्य नारायण परियार रहनुभएको छ भने सदस्य सचिवमा प्रशासन शाखा प्रमुख तेजेन्द्र घर्ती रहनुभएको छ समितिको सदस्यमा बबई गाउँपालिकाका प्रवक्ता तथा बबई ७ का वडाध्यक्ष तिलकराम भण्डारी रहनुभएको छ। साथै गाउँसभाले बबई गाउँपालिका भित्र रहेका पुरन्धारा झरना लगायतका पर्यटकीय क्षेत्रलाई ठेक्का मार्फत ब्यबस्थापन तथा सञ्चालन गर्न कार्यबिधि निर्माण गरी त्यसै अनुसार अगाडि बढ्ने निर्णय गरेको छ।