२०८१ भाद्र ३० गते आइतवार
२०८१ भाद्र ३० गते आइतवार

सेवारखोलाकाे डाइभर्सन बगाउँदा सवारीसाधन आवतजावतमा समस्या

फाइल तस्विर

दाङको घोराही–तुलसीपुर सडक खण्ड अन्तर्गत सेवारखोलामा बनाईएको डाइभर्सन बगेको छ ।
नियमितको बर्षादले गर्दा आएको बाढीले शनिबार विहान डाइभर्सन बगाएको हो । डाइभर्सन बगाउँदा सवारीसाधन आवतजावतमा समस्या भएकाे छ । जिल्ला प्रशासन कार्यालय दाङले सूचना जारी गरि बैकल्पिक सडक प्रयोग गर्न यात्रुहरुमा अनुरोध गरेको छ ।

सेवारखोलामा हाल पुल निर्माणको अधुरो रहेकाले पनि सोही ठाउँमा आवाजतजावतमा निकै समस्या हुने गरेको छ। घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा चार लेनको पक्की पुल निर्माणको काम अधुरो छ । जुन खोलामा पुल नहुँदा यात्रुहरुले बर्षेनी सास्ती भोग्नु परेको छ ।