२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

दंगीशरणको झुलुङ्गे पुलमा क्षति

दाङमा लगातार बर्षाकाकारण धनजनकाे क्षति भएकाे छ । अबिरल बर्षाका कारण बबई नदीमा आएको बाढीले दंगीशरणको एउटा झुलुङ्गे पुलमा क्षति गरेको छ । दंगीशरण गाउँपालिका – ४ बैबाङ र दंगीशरण – १ रहरपुर जोड्ने झुलुङ्गेपुलमा बाढीले क्षति गरेकाे छ ।

रहरपुर तर्फको पिलर बगाइ सकेको छ । पुलबाट आवात जावात पूर्ण रुपमा बन्द भएको छ । झुुलुङ्गे पुललाई बाढीले बगाउने अवस्था देखिएको छ ।