२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

दाङमा च्याउ टिप्न गएका तीन महिलामाथि बाघको आक्रमण

प्रतिकात्मक तस्वीर ।

दाङमा जंगलमा च्याउ टिप्न गएका तीन जना महिलामाथि बाघले आक्रमण गरेको छ । सोमबार विहान साढे ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ स्थित नवदुर्गा सामुदायिक बनमा च्याउ टिप्न गएका तीन जनालाई बाघले आक्रमण गरी घाइते बनाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाशथापाले बताउनुभयो ।

उहाँका अनुसार तुलसीपुर ९ वेलुवा निवासी ४५ बर्षीया कमला केसी, सोही ठाउँकी ५३ बर्षीया सीता कुमारी भण्डारी, सोही ठाउँकी १८ बर्षीया सरिता भण्डारी घाइते भएका हुन् । केसीको दुवै हातमा सामान्य चोट लागेको छ, त्यस्तै सीताको ढाड र पेटमा तथा सरीताको दाँया हातमा सामान्य चोट लागेको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइहरेको छ ।