२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

सल्यान जिल्ला अस्पतालमा सर्पदंशको उपचार सुरु

सल्यानको जिल्ला अस्पतालमा सर्पदंशको उपचार सुरु भएको छ। गर्मी र वर्षाको समयमा सर्पको टोकाइको जोखिमलाई मध्यनजर गर्दै सर्पदंशको उपचार सेवा गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ।

सर्पदंश हुनेबित्तिकै उपचारका लागि अन्य जिल्ला जानुपर्ने बाध्यताको अन्त्यका लागि अस्पतालमा एन्टी स्नेक भेनमसहित बिरामीहरूको उपचार सुरुवात गरिएको स्वास्थ्य सेवा कार्यालयका जनस्वास्थ्य व्यवस्थापक डा. अर्जुनकुमार बुढाले जानकारी दिए। सर्पदंशबाट हुने जोखिमलाई न्यूनीकरण गर्न सर्पदंश उपचार सेवा सुरु गरिएको उनको भनाइ छ। सर्पले टोकेमा धामीझाँक्री तथा झारफुकमा नगई बिरामीलाई सीधै अस्पतालमा ल्याउन उनले आग्रह गरेका छन्।