२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

तुलसीपुरमा मोटरसाईकलको ठक्करबाट ४ बर्षीया बालिका घाइते

दाङको तुलसीपुरमा मोटरसाईकलको ठक्करबाट
४ बर्षीया बालिका घाइते भएकी छन् । सोमबार विहान करिब १० बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ ब १०४१ नम्बरको मोटरसाइकलले तुलसीपुर ७ कालाखोलाका झक्कु प्रसाद भण्डारीको ४ बर्षीया छोरी सदिक्षा ठक्कर दिएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयाे ।

उनको टाउको र शरिरमा चोट लागेको छ । अबस्था मध्यम रहेको छ । घाईते बालिकाको राप्ती लाईफ केयर अस्पताल मोतिपुरमा उपचार भईरहेको छ । मोटरसाइकल चालक बबई गाउँपालिका ४ का ३० वर्षका आसकुमार राना उपचारमा संलग्न रहेको प्रहरीले जनाएको छ ।