२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

बाढीमा डुबेर दुई किशोरीको मृत्यु, एक बेपत्ता

फाइल तस्वीर ।

कञ्चनपुरमा बाढीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ। बाढीमा डुबेर एक किशोरी बेपत्ता भएकी छिन्।
पुनर्वास नगरपालिका–५ रातोखालीकी १५ वर्षीया सृजना बोगटी र १५ वर्षीया लक्ष्मी बोगटीको आज दिउँसो घर नजिकै डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

सृजना र लक्ष्मीको शव भेटिएको छ भने आरतीको अवस्था अज्ञात छ। उनीहरूसँगै रहेकी १२ वर्षीया अञ्जली बोगटी भने बाँच्न सफल भएकी छिन्। प्रहरीले आरतीको खोजी गरिरहेको छ। चारैजना गाउँमा एउटा टोलबाट अर्को टोल जाँदै गर्दा बाटोमा बाढीमा डुबेका प्रहरीले जनाएको छ। दुई दिनदेखि लगातार वर्षा हुँदा कञ्चनपुरको अधिकाकांश क्षेत्र डुबानमा परेको छ। बाटाघाटा सबै डुबानमा परेकाले घर बाहिर निस्किन सकिने अवस्था छैन।