२०८१ साउन १ गते मङ्गलवार
२०८१ साउन १ गते मङ्गलवार

दाङमा जंगली च्याउ खाँदा एक युवती गम्भीर बिरामी

फाइल तस्वीर ।

दाङमा जंगली च्याउ खाँदा एक जना युवती गम्भीर बिरामी भएकी छन । सोमबार बिहान अन्दाजी ११ बजेतिर घोराही उपमहानगरपालिका १५ निवासी देवेन्द्र पुनको १८ वर्षिया छोरी राधा पुन गम्भीर बिरामी परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी तथा प्रहरी नायब उपरिक्षक जनक बहादुर मल्लले जानकारी दिए ।
पुन परिवारले घर नजिकैको जंगलबाट च्याउ ल्याएर खाँदा घरका परिवार सबै ४ जनाले खाएकोमा अन्यलाई भने केही नभएको प्रहरीको भनाइ छ । राधाको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भईरहेको छ ।