पश्चिममा दाङमा मोटरसाइकल दुर्घटनामा परि ७३ बर्षीया एक बृद्धा घाइते भएकी छन । तुलसीपुरबाट रगैंजा तर्फ जाँदै गरेको रा ७ प ७८६७ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दंगीशरण – ७ बाँकामा राढे ५ बजेतिर दुर्घटनामा परेको प्रहरीले जनाएकाे छ ।
घाइते हुनेमा शान्तिनगर गाउँपालिका – ५ की ७३ बर्षीया नन्दकली खड्का रहेकी छन । खड्काको टाउको, दुबै हात र अनुहारमा चोट छ । घाइते खड्कालाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागि नेपालगंजस्थित नरसिंह होममा रिफर गरिएको छ ।
मोटरसाइक चालक नन्दकलीका छोरा ४७ बर्षीय बेदबहादुर खड्का सामान्ने घाइते भएका छन् । उनको दुबै हातमा चोट छ । अवस्था सामान्ने छ । आमाको उपचारमा छोरा आँफै गएकाे प्रहरीले जनाकारी दिएका छन।