२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

टहरामै पहिरोले पुरिदा चार जना भूकम्प पीडित गम्भीर घाइते

जाजरकोटका भूकम्प पीडितहरु सुतिरहको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना गम्भीर घाइते भएका छन् । जिल्लाको कुशे गाउँपालिका ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेका अनुसार घाइते हुनेहरूमा सोही स्थानका वर्ष ३५ का दलसरी थापा, उहाँकी छोरी ४ वर्षीया हस्तीका थापा, बर्ष २९की कमला थापा, र १७ वर्षीया निरमाया थापा छन् । घाइतेहरूमध्ये विष्णु थापाको अवस्था गम्भीर रहेको जनाइएको छ । राती भएको घटना लगत्तै वडा अध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी गराएपछि प्रहरी चौकी पैंकबाट घटनास्थलमा पुगी घाइतेहरूलाई उद्धार गरिएको थियो । घाइतेहरूलाई प्रहरी र स्थानीयले बोकेर सुरक्षित स्थानमा राखिएको र अहिले उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाउने तयारी भएको वडा अध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी दिनुभयो ।