२०८१ भाद्र ३० गते आइतवार
२०८१ भाद्र ३० गते आइतवार

लुम्बिनीकाे मुख्यमन्त्रीमा संसदिय दल नेता गिरीलाई राेकेर उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउदै

लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा एमाले महासचिब संकर पोख्रेलको चाहानामा संसदीय दलका उपनेता चेतनारायण आचार्य बन्नु हुने भएको छ ।
यसअघि संसदीय दलका नेता लिला गिरीलाई मुख्यमन्त्री बनाउने तय भए पनि एमाले महासचिब शंकर पोख्रेलको चाहानामा संसदिय दलका उपनेता आचार्यलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको हो ।
नेकपा एमाले लुम्बिनी प्रदेश अधिबेसनमा आफु निकटका उम्मेद्धारलाई सहयोग नगरेको भन्दै एमाले महासचिब पोख्रेल लिला गिरीसंग असन्तुष्ट रहँदै आउनु भएको थियो । एमाले उपाध्यक्ष विष्णु पौडेल निकट रहनु भएका लिला गीरीलाई यसअघिको गठवन्धनमा पनि मुख्यमन्त्री बन्नबाट रोक्नकै लागि लुम्बिेनी प्रदेशसभाको सबैभन्दा ठुलो दल एमाले भागमा मुख्यमन्त्री नपारेर माओवादीलाई दिनुपर्ने वकालत महासचिब पोख्रेलले गर्नु भएको थियो । लुम्बिनी प्रदेशमा एमाले महसचिव शंकर पोख्रेल र उपाध्यक्ष विष्णु पौडेल बिच शितयुद्धको राजनिती चलिरहेको छ । महासचिब पोख्रेलले पार्टि अध्यक्ष प्रधानमन्त्री केपि शर्मा वलीको आडमा विष्णु पौडेलमाथी दवाव बढाइरहेको बताइएको छ । भावि पार्टि अध्यक्षका रुपमा आफुलाई अघि बढाइरहनु भएका महासचिब पोख्रेल २०७९ को आम निर्वाचनमा दाङ क्षेत्र नम्बर दुईबाट माओवादी केन्द्रकी उम्मेद्धार रेखा शर्मासंग पराजित हुनु भएको थियो । महासचिब पोख्रेलले परिवारवादको राजनिती गर्ने गरेको आरोप जिल्लामा पनि छ । नाम उल्लेख नगर्ने शर्तमा एमाले दाङका एक नेताका अनुसार महासचिब पोख्रेलले बहिनी मेनका पोख्रेललाई समानुपातिक कोटाबाट प्रतिनिधीसभा सदस्य बनाएको र चुनावी प्रतिष्प्रधा गर्नबाट रोकेर टिका लगाइ वहिनी ज्वाइँ शीवकुमार आचार्यलाई एमाले दाङको अध्यक्ष बनाएको बताए । एमाले लुम्बिनी प्रदेशका मुख्य सचेतक तुलसी चौधरीले अहिले बुटवलमा काग्रेस एमालेको संयुक्त बैठक बसिरहेको र अबको केहीबेरमा एमाले संसदिय दलका उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न लागिएको बताउनु भयो । संसदिय दलका नेता लिला गीरीलाई मुख्यमन्त्री नबनाएर उपनेतालाई मुख्यमन्त्री बनाउने यो निर्णयले एमाले दुई धुर्वमा बाँडिएको छ । यसको असर लुम्बिनी प्रदेशसभामा पनी पर्ने एमाले श्रोतले बताएको छ ।
अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रिय सदस्य हुनुहुन्छ । आचार्य २०७४मा शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन, लीला गिरी नेतृत्वको सरकारमा ग्रामिण खानेपानी तथा सहरी विकासमन्त्री तथा जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बन्नु भएको थियो ।