२०८२ असार १ गते आइतवार
२०८२ असार १ गते आइतवार

भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

फाइल तस्वीर ।

घाँस काट्ने क्रममा भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलाशैनी गाउँपालिका–६ खरेलीगाउँकी २२ वर्षीया अनिता नाथ रहेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

बुधबार बिहान १० बजे घरनजिकै रहेको डोब्रा भीरमा घाँस काटिरहेका वेला अनिता लडेर २०० मिटर तल खस्न गई र घटनास्थलमै मृत्यु भएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।