२०८१ माघ २४ गते बिहिवार
२०८१ माघ २४ गते बिहिवार

दाङको चौपटामा ट्रक दुर्घटना : चालक र सहचालक घाइते

दाङको घोराही–लमही सडकखण्डको चौपटामा ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । घाइते हुनेमा कपिलवस्तु शिवराज नगरपालिका ५ बस्ने ५९ वषिय हरि बहादुर खत्री (चालक०) र सोही ठाउँ निवासी १८ वर्षिय दिलीप थारु (सहचालक) रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी राम प्रसाद तिमल्सिनाले जानकारी दिए ।

घाइते दुवैजनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भैरहेको र उनीहरुको अवस्था मध्यम रहेको अस्पताललाई उद्धत गर्दै डिएसपी तिमल्सिनाले बताए । चालक र सहचालकलाई सरियाले च्यापिएको अवस्थामा उद्दार गरिएको थियो । ट्रक आफै अनियन्त्रीत भएर पल्टिएको प्रहरीले बताएको छ । साथै घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।