लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रीहरुको कार्य विभाजन गरेका छन्। मुख्यमन्त्रीको पदभार ग्रहण गरेको ९ दिन पछाडी ८ जना विना विभागीय मन्त्रीहरुलाई मुख्यमन्त्री आचार्यले जिम्मेवारी तोकेका हुन् ।
नेपाली काग्रेसबाट मन्त्री बन्नु भएका धनेन्द्र कार्कीले आर्थिक मामिला तथा योजना, सरोज थापालाई सहरी विकास तथा खानेपानी मन्त्रालय, प्रचण्डविक्रम न्यौपानेलाई उद्योग मन्त्रालय र बादसाह कुर्मीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
त्यसैगरी एमालेबाट मन्त्री बन्नु भएका भूमिस्वर ढकाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय, दिनेश पन्थीले कृषि, भूमि व्यवस्था तथा सहकारी, खेम बहादुर सारुलाई स्वास्थ्य मन्त्रालय र सीता शर्मालाई ऊर्जा ,जलश्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।
लुम्बिनी प्रदेशमा नेपाली काग्रेसबाट ४ र नेकपा एमालेबाट ४ गरी साउन ९ गते विनाविभागीय मन्त्रीका रुपमा शपथ लिएका मन्त्रीहरुको कार्यविभाजन नहुदा मन्त्रीहरु काम विहिन बनेका थिए ।