२०८१ असोज ३ गते बिहिवार
२०८१ असोज ३ गते बिहिवार

धागो उद्योगमा आगलागी

काठमाडौँको गोकर्णेश्वर नगरपालिकामा रहेको एक धागो उद्योगमा आज आगलागी भएको छ। ओखलढुङगा लिखु गाउपालिका ४ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका २ सुन्दरीजलस्थित भूमिस्थलीका बुद्धीबहादुर कार्कीको मनकामना धागो उद्योगमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

उक्त जानकारी पाउनासाथ नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी घटनास्थल पुगेर आगो निभाउने कार्य जारी रहेको परिसरका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए। घटना अपराह्न ४ स् ३० बजेको समयमा भएको जनाइएको छ।