दाङको बबई गाउँपालिका वडा नं. ६ र ७ मा रहेको झारगजेरी सामुदायिक वन उपभोक्ता समूहले विभिन्न टोलमा टोल समिति गठन गर्ने भएको छ । हालै सम्पन्न बैठकले सामुदायिक वनको सम्वद्र्धंन र संरक्षणका लागि टोल समिति गठन गर्ने निर्णय गरेको झारगजेरी सामुदायिक वन उपभोक्ता समूहका सचिव टोप वहादुर चौधरीले जानकारी दिनुभयो । यसैगरी बैठकले आउँदो भदौ ९ गते देखि २९ गते सम्म सामुदायिक वन समूह आवद्ध सदस्यहरुलाई सदस्यता नविकरण गर्न आग्रह गरेको छ ।
झारगजेरी सामुदायिक वन उपभोक्ता समूहको तपसिलका मिति, समयमा टोल समिति गठन गरिने छ ।
१. झारगजेरी टोलमा मिति २०८१ भदौ २ गते विहान ८ बजे ।
२. ओदाले टोलमा मिति २०८१ भदौ ३ गते विहान ८ बजे ।
३. सुनपुर तल्लो टोलमा मिति २०८१ भदौ ४ गते दिउँसो १ बजे ।
४. सुनपुर माथिल्लो टोलमा मिति २०८१ भदौ ४ गते दिउँसो ३ बजे ।
५. छाउँनीडाँडा टोलमा मिति २०८१ भदौ ५ गते विहान ८ बजे ।
६. चरकमटिया टोल मिति २०८१ भदौ ६ गते विहान १० बजे ।
७. चौपारी टोलमा मिति २०८१ भदौ ७ गते विहान ८ बजे ।
८. सिमलकुना टोलमा मिति २०८१ भदौ ८ गते विहान ८ बजे ।
९.कटकुइया टोलमा मिति २०८१ भदौ ९ गते विहान ८ बजे ।