दाङको बबई गाउँपालिका वडा नं. ७ स्थित झारगजेरी सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत टोल नं २ ओदाले टोलमा टोल समिति गठन गरिएको छ । आज सोमबार सामुदायिक वनका उपाध्यक्ष रोज वहादुर नेपालीको अध्यक्षतामा बसेको टोल भेलाले शान्ति कुमालको अध्यक्षतामा ७ सदस्यीय ओदाले टोल समिति गठन गरेको छ ।
जसको उपाध्यक्षमा हेमराज खत्री, सचिवमा भिस्मा वली, कोषाध्यक्षमा ओजेन्द्र खत्री रहनु भएको छ । यसैगरी सदस्यहरुमा देवेन्द्र खत्री, आशा के.सी., धन वहादुर डाँगी रहेको झारगजेरी सामुदायिक वन उपभोक्ता समूहका सचिव टोप वहादुर चौधरीले जानकारी दिनुभयो । कार्यक्रममा झारगजेरी सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष रोज वहादुर नेपाली, कोषाध्यक्ष लक्ष्मी बुढाथोकी, सचिव टोप वहादुर चौधरी, सदस्यहरु डैन वहादृुर खड्का, विर वहादुर बोहरा, बन हेरालु टोप वहादुर खत्री लगायत स्थानिय समाजसेवीहरुको सहभागिता रहेको थियो ।
्
्