दाङ खैराबाङ भगवती मन्दिर बबई – ७ मठेउरीको सर्बाङगीन विकासका लागि असोज २ गते आम भेला हुने भएको छ । शनिवार बसेको बैठकले दाङ खैराबाङ भगवती मन्दिरको सर्बाङगीन विकासका लागि असोज २ गते ७ न. वडा कार्यालय चरकमटियामा आम भेला गर्ने निर्णय गरेको हो ।
दाङ खैराबाङ भगवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष टोप वहादुर चौधरीको अध्यक्षता तथा बबई गाउँपालिका वडा नं. ७ का अध्यक्ष तिलकराम भण्डारीको प्रमुख आतिथ्यतामा बसेको बैठकले मन्दिरलाई व्यवस्थित र यसको प्रचार प्रसार गर्न सबै सरोकारवाल निकाय लाग्न आग्रह गरिएको थियो । मन्दिरमा महायज्ञ लगाउने तयारी गरिएको छ ।