हैटीमा इन्धन बोकेको ट्रक विस्फोट हुँदा २४ जनाको ज्यान गएको छ । झन्डै ६० हजार जनसङ्ख्या भएको दक्षिणी हैटीको मिरागोशानो शहरमा घटना भएको हो । विस्फोटमा ४० जना घाइते भएका र ती जलेका घाइतेहरूले अस्पतालमा पर्याप्त मात्रामा उपचार नपाएको अवस्था रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।
इन्धन बोकेको ट्रकको ग्यास ट्याङ्की अर्को गाडीले पङ्चर गरेको र इन्धन सङ्कलन गर्न गएकाहरूले विस्फोटमा परेर ज्यान गुमाएका खबरमा उल्लेख छ । हैटी आर्थिक रूपमा कमजोर देश हो । त्यहाँ विभिन्न समूहबीचको लडाइँका कारण सामान आयात गर्न पनि कठिन हुँदै आएको छ ।