दाङको तुलसीपुर स्थित माध्यामिक विद्यालय तुलसीपुर सेन्टर देशभरकै प्रथम उपाधी चुम्न सफल भएको छ । नगर, जिल्ला र लुम्बिनी प्रदेशमा समेत प्रथम हुँदै आइरहेको मावि सेन्टर यसपटक भने सामुदायिक विद्यालय तर्फ प्रथम हुन सफल भएको हो ।
कक्षा १२ को तीन वर्षको नतिजा अनुसार राष्ट्रिय परीक्षा बोर्डको तथ्यांकको आधारमा सरकारी विद्यालयतर्फ मावि सेन्टर देशभरमा उत्कृष्ट हुन सफल भएको विद्यालयका प्रधानाध्यापक भागवत पौडेलले बताउनुभयो । परीक्षा बोर्डले विद्यार्थीहरुको उतीर्ण प्रतिशत र प्राप्त गरेको औषत जिपिएलाई आधारमा बनाएको थियो । राष्ट्रिय शिक्षा दिवसको अवसरमा काठमाण्डौमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ३ लाख राशी सहित सम्मान गर्नु भएको हो ।
विद्यालयमा अहिले ११, १२ मा व्यवस्थापन संकाय, विज्ञान, प्राविधिकतर्फ इलेक्ट्रिकल, आइटी डिप्लोमा, नेपाली र अंग्रेजी माध्यममा पढाइ हुँदै आएको छ । अहिले विद्यालयमा करिब २ हजार ८ सय विद्यार्थीहरु अध्ययनरत छन् । यस्तै, द्वितीय स्थान हासिल गर्दै विश्वनिकेतन मावि काठमाडौँले दुई लाख र दाङको शान्तिनगर स्थित जनकल्याण मावि एक लाख सहित सम्मानित भएको छ ।