२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

मिड वेष्टका विद्यार्थीसंग ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम

इलाका प्रहरी कार्यालय खिलतपुर दाङले शान्तिनगर – ७ खैरेनी स्थित मिड वेष्ट प्वाईन्ट एकेडेमीका विद्याथीसंग ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सम्पन्न गरेको छ । ‘ शान्तिनगरको बैशा सभाहलमा शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माण’ भन्ने मुल नाराका साथ मिड वेष्ट प्वाईन्ट एकेडेमीमा अध्ययनरत कक्षा ८,९ र १० का विद्याथीसंग ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम गरिएको हो ।

कार्यक्रममा इलालका प्रहरी कर्यालय खिलतपुरका प्रमुख प्रहरी निरीक्षक खिम वहादुर खड्काले नेपालको संविधान – २०७२ मा उल्लेखित बाल अधिकार र कर्तव्यका बारेमा जानकारी गराउनु भएको थियो । गाउँ समाजमा व्याप्त शोषण, अन्याय, अत्याचार, घरेलु, हिंसा र गाउँ समाजमा रहेको बालबालिका विकास प्रतिकुल वातारण विरुद्ध कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई सचेत गराउनु भएको थियो । ‘प्रहरी मेरो साथी’ भनिए झै बालबालिका र प्रहरी विच पनि सुमधुर सम्बन्ध रहेमा गाउँ टोल, समाज, राष्ट्रमा स्वच्छ र शान्तिपूर्ण वातावरण निर्माण भई बालबालिको उज्ज्वल र सुनिश्चित भविष्य निर्माण हुने कुरामा पनि प्रहरी निरीक्षक खड्काले जोड दिनुभयो ।

यस्तै कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विर वहादुर घर्तीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले विद्यार्थी भाइवहिनीहरुलाई समेत मात्र नगराई उनिहरुलाई थप अनुशासित बनाई भविष्यमा अझ जिम्मेवार बनि समाज र राष्ट्र निर्माणमा लाग्ने प्रेरणा दिने कुरामा सहयोग गर्ने बताउने भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबोध डाँगीले यस्ता कार्यक्रम ल्याएर बालबालिका लगायत गाउँ समाजमा सचेत फैलाउने कार्यक्रमा अग्रसर भएकोमा नेपाल प्रहरी एवं इलाका प्रहरी कार्यालय खिलतपुर, दाङलाई धन्यवाद दिनुभयो । कार्यक्रमा कक्षा ८ देखि कक्षा १० सम्म करिब २ सय बढि विद्यार्थीहरुको सहभागि रहेको विद्यालयका शिक्षिका आर्जु के.सी.ले जानकारी दिनुभयो ।