दाङमा सामूहिक बलात्कारको आरोपमा चारजना पक्राउ परेका छन् । १९ बर्षीयालाई बलात्कार गरेको आरोपमा गढवा गाउँपालिका वडा नंं. ५ चैनपुरका १९ वर्षीय किरण चौधरी, २४ वर्षीय सन्जित चौधरी, १९ वर्षीय धिरज चौधरी र २१ वर्षीय सन्दीप चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक ईश्वर थापाले बताए ।
उनका अनुसार किरणले ति युवतीलाई भेट्न बोलाएपछि बुधबार मंघरस्थित ह्युमपाइप बनाउने घरमा आएकी थिइन् । त्यहाँ पुग्दा तीन जना युवाहरुले सामूहिक बलात्कार गरेको भन्दै युबतीले बिहीबार बिहान इलाका प्रहरी कार्यालय गढवामा जानकारी गराईन् । त्यसपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार किरण र ति युवती दुई बर्षदेखि प्रेम सम्बन्धमा रहेको समेत खुलेको छ । किरनले विवाह गर्ने प्रलोभन समेत देखाएका थिए ।