२०८१ कार्तिक १८ गते आइतवार
२०८१ कार्तिक १८ गते आइतवार

नेपालगञ्जबाट चौरजहारी जादै गरेकाे फाेर्स गाडि सल्यानमा दुर्घटना

बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिमको चौरजहारी जादै गरेको यात्रुवहाक फोर्स गाडी सल्यानमा दुर्घटना भएको छ । लु २ ख ५००२ नम्वरको फोर्स गाडी सल्यानको कुमाख गाउँपालिका १ बुरेलीखोलामा दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । ईलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी निरीक्षक धर्मेन्द्र खड्काका अनुसार बिहिबार बिहान ४ बजे गाडी दुर्घटना भएको हो ।

दुर्घटनामा परेर १६ जना घाइते भएको प्रहरी निरीक्षक खड्काले जानकारी दिनुभयो । घाइते मध्ये चारजनाको अवस्था गम्भीर रहेको र १२ जना सामान्य रहेको उहाँले जनाउनुभयो । सबै घाइतेहरुको उद्धार गरेर उपचारका लागि चौरजहारी अस्पताल ल्याइएको छ ।

ब्रेक फेल भएको कारण गाडी दुर्घटना भएको बताइएको छ । घटनाको पूरा विवरण आउन बाँकी रहेको छ ।