२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

तुलसीपुरमा जारी फुटबल प्रतियोगितामा उपाधिका लागि आज वडा नम्बर ६ र ८ भिड्दै


दाङको तुलसीपुरमा जारी सर्वाधिक राशिको अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ फुटबल प्रतियोगिताको उपाधिका लागि वडा न ६ र ८ भिड्ने भएका छन् । फाईनल खेल आज बिहान ११ बजेदेखि सुरु हुनेछ ।

तुलसीपुर उपमहानगरपालिका वडा न ६ को आयोजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोट्र्स क्लबको सहकार्यमा अरनिको मैदान तुलसिपुरमा संचालित प्रतियोगिताको बिहिवार भएको पहिलो सेमिफाइनल खेलमा वडा नम्बर १८ लाई ३–० गोलले पराजित गर्दै वडा न ६ ले फाईनल यात्रा तय गरेको हो ।

यस्तै वडा नम्बर ३ लाई ट्राईबेकरमा पराजित गर्दै वडा नम्बर ८ ले वडा न ६ संगको फाईनल भिड्न्त पक्का गरेको हो । प्रतियोगिताको बिजेताले नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड प्राप्त गर्नेछ भने उपबिजेता हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ नगद सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
माघ १९ गतेदेखि संचालित प्रतियोगितामा तुलसीपुरका १९ वडामध्ये १६ वडाका टिमको सहभागिता रहेको थियो ।