तुलसीपुरको मोतिपुरमा ट्रकको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । आज दिउँसो ३ बजेतिर ट्रकले लु. प्र.०२००१ प् २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तुलसीपुर–७ घुसरीका जंघु चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घोराही–तुलसीपुर सडकखण्डको मोतिपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रकको ठक्करबाट मोटरसाइकलको पछाडि बसेका चौधरीको घटनास्थलमै मृत्यु भएको हो । घटनापछि केहिबेर घोराही–तुलसीपुर अवरुद्ध भएको थियो । घटनाबारे थप विवरण आउन बाँकी छ ।