एक हप्तामा नेपालमा ४ करोड बराबरको गुलाफको कारोबार भएको छ । फ्लोरिकल्चर एसोसिएसन नेपालकाअनुसार एक हप्तामा ४ करोड बराबरको गुलाफको कारोबार भएको हो ।
नेपालमा प्रणय दिवस अर्थात भ्यालेन्टाई डे सप्ताहमा गुलाफको कारोबार बढ्ने गरेको छ । चालु आर्थिक वर्षको ६ महिनामा ५ करोडको गुलाफको कारोबार भएको छ, जसमध्ये ८० प्रतिशत कारोबार एक हप्तामा भएको हो । गत वर्षको प्रणय दिवसमा ४ लाख १२ हजार वटा गुलाब खपत भएको थियो । यसपटक ४ लाख २४ हजार ९ सय वटा गुलाफ खपत हुने अनुमान एसोसिएसन छ ।
काठमाडौँ उपत्यकाभित्र २ लाख ५५ हजार र उपत्यकाबाहिर १ लाख ७० हजार खपत हुने आङ्कलन छ । जसमा २५ प्रतिशत मात्रै आन्तरिक उत्पादनले धान्ने एसोसिएसनका महासचिव हिरामणि शर्माले बताउनुभयो । एक वर्षमा गुलाफको कारोबार २५ प्रतिशतले बढेको छ ।