दाङकाे घोराहीमा पसलमा आगलागी भएकाे छ । घाेराही उपमहानगरपालिका-१५, ट्राफिक पुलचोक नजिकै रहेको तरकारी पसलसहित अन्य चार पसलमा आगलागी भएको हाे।
जिल्ला प्रहरी कार्यालय दाङको उद्धार टोली तथा घोराही उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको छ। समयमै उद्धार टोली पुगेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको छ।
प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ। आगलागीको कारण खुल्न सकेको छैन भने थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।