दाङको तुलसीपुरमा मोटरसाइकल दुर्घटनामा परी एकजना घाइते भएका छन् । बुधबार राति तुलसीपुर–९ स्थित दोघरे पेट्रोल पम्प अगाडि दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जना घाइते इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । तुलसीपुरबाट कृष्ण मन्दिरतर्फ जाँदै गरेको प्र. ५–०२–००१ प ०४८९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको रा ३ प ४६७३ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।
दुर्घटनामा घाइते हुनेमा गंगादेव गाउँपालिका–१ रोल्पाका ३४ वर्षिय नविन वली रहेका छन्। वलीको दायाँ खुट्टामा चोट लागेको छ र उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। रा ३ प ४६७३ नम्बरको मोटरसाइकलका चालक तुलसीपुर–८ कृष्ण मन्दिरका १८ वर्षीय गंगाराम डाँगी र दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।