२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

तुलसीपुरमा अटो र ट्याक्टर ठोक्किँदा अटाे चालक गम्भिर घाइते

तुलसीपुरमा अटो र ट्याक्टर आपसमा ठोक्किँदा अटाे चालक  गम्भीर  घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-७ बम्नैमा बिहीबार राति साढे ९ बजेतिर आपसमा ठोकिएर दुर्घटना भएकाे हाे ।

तुलसीपुर- ४ तल्लो हलवारबाट प्रसेनीतर्फ आउँदै गरेको रा १ त ३९१२ नम्बरको ट्याक्टर र प्रसेनीबाट हलवारतर्फ गइरहेको रा १ ह ५०८३ नम्बरको अटो ठाेक्किएका हुन ।  दुर्घटनामा अटोचालक तुलसीपुर- ४ माथिल्लो हलवार निवासी  ३७ वर्षीय अमित थकाली गम्भिर घाईते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राणाले जानकारी दिनुभयो । घाइते थकालीको टाउको,अनुहार र पेटमा चोट लागेको र अबस्था गम्भिर रहेकाे बताउनुभयाे ।  उहाँकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेकाे छ । ट्याक्टर चालक तुलसीपुर-४ तल्लो हलवारका २८ वर्षीय सनाेद चौधरी र ट्याक्टर प्रहरीको नियन्त्रणमा रहेका छन् ।