२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

दाङको शान्तिनगरमा १४ बर्षीया बालिका बलात्कृत

दाङको शान्तिनगरमा १४ बर्षीया बालिका बलात्कृत भएकी छन् । बालिका बलात्कारको आरोपमा शान्तिनगर गाउँपालिका–४ जुम्लेकुला निवासी २२ बर्षीय चन्द्र प्रसाद नाथलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको छ । बालिकालाई एक्कासी पछाडिबाट घाँटी समातेर धम्क्याई जंगलमा लगी जबरजस्ती करणी गरेको आरोप छ । माघ ३० गते बिहान साढे ६ बजे घटना भएको र फागुन १ गते बालिकाकी आमाले प्रहरी कार्यालयमा लिखित उजुरी दिएको प्रहरीले बताएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।