२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

लुम्बिनी प्रदेशका पत्रकारलाई पहिलोपटक पुँजीबजारसम्बन्धी तालिम प्रदान

लुम्बिनी प्रदेशका पत्रकारलाई पुँजीबजारसम्बन्धी एक दिने तालिम दिइएको छ । नेपाल धितोपत्र बोर्डको आयोजना एवम् नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिको सहकार्यमा लुम्बिनी प्रदेशका पत्रकारलाई आर्थिक पत्रकारका लागि एक दिवसीय पुँजीबजारसम्बन्धी अन्तरक्रिया तथा प्रशिक्षण दिइएको हो ।

प्रदेशको राजधानी भालुवाङमा प्रदेशभरका पत्रकारलाई पुँजीबजारसम्बन्धी रिपोर्टिङ गर्न सजिलो होस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको थियो । तालिममा पुँजीबजार, धितोपत्र बोर्ड, बजारको जोखिम पहिचान, बित्तीय साक्षरता, पुँजीबजारसम्बन्धि रिपोर्टिङलगायतका विषयमा प्रशिक्षण दिइएको थियो ।

तालिमको प्रशिक्षकमा नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारी, नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका सहायक प्रवन्धक मुराहरी पराजुली, नेपाल धितोपत्र बोर्डका सहायक निर्देशक अजय ढुंगाना र सिडिएस एण्ड क्लियरिङ लिमिटेडका सहायक प्रवन्धक सुरज कार्की रहनुभएको थियो ।

सो अवसरमा पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाईले पत्रकारलाई आर्थिक विटमा कलम चलाउन यो तालिमले महत्त्वपूर्ण सहयोग पु¥याउने बताउनुभयो । राजधानीमा पुँजीबजारसम्बन्धी विभिन्न तालिम तथा प्रशिक्षणहरू सञ्चालान भए पनि प्रदेशस्तरमा यसप्रकारको कार्यक्रम पहिलो पटक सञ्चालन भएको उहाँले बताउनु भयो ।