२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

तुलसीपुरमा वनभेरीको टोकाइबाट आमा-छोरा घाइते

दाङको तुलसीपुरमा वनभेरीको टोकाइबाट आमा-छोरा घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेका २३ वर्षीया भीमा बुढा र उहाँका ११ वर्षीय छोरा बिवश बुढा वनभेरीको टोकाइबाट घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

आज (शनिबार) दिउँसो घर नजिकैको खेतमा पानी सिंचाइ गर्न गएका बेला आमा–छोरालाई वनभेरीले टोकेको हो। भेरीको टोकाइबाट घाइते आमा–छोराको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। दुबै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।