२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

संघीय सरकारले अधिकार नदिने, हामिले गालि खानुपर्ने : पूर्व मुख्यमन्त्री चाैधरी

लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले संविधानले प्रदेशलाई अधिकार दिएको तर कार्यान्वयनकालागि संघीय सरकारले बाधा पुरयाइरहेको बताए । लुम्बिनी प्रदेश विकास परिषद्को बैठकलाई सम्वोधन गर्दै उनले संघीय सरकारले अधिकार कार्यान्वयन गर्न नदिदा प्रदेशले अनावश्यक गालि खानुपरेको बताए ।

‘संविधानले दिएको अधिकार प्रदेशले कार्यान्वयन गर्न पाइरहेको छैन् । यसमा संघीय सरकार बाधक बन्यो’उनले भने,‘संघीय सरकारका कारण प्रदेशले अनावश्यक गालि खानुपरेको छ । यसलाई चाँडो टुंग्याउनुपर्छ । अधिकारबाट प्रदेशलाई बलियो बनाउन जरुरी छ ।’ संघीय सरकारले प्रदेशमा योजना थुपार्ने तर, बजेट नदिएको भनाई उनको छ । प्रदेशको समृद्धि र विकासलाई प्राथमिकतामा राखेर आवधिक योजनाले दिशानिर्देश गर्नुपर्ने बताउदै उनले दिगो विकासलेनै प्रदेशले समृद्धि हाँसिल गर्ने बताए ।