२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

तुलसीपुर महोत्सवमा आज आउने कलकारहरु

दाङको तुलसीपुरमा जारी महोत्सवमा आज चर्चित केन्द्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । ‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ तुलसीपुरमा दोस्रो कृषि, पर्यटन, साँस्कृतिक तथा व्यापारिक महोत्सव–२०८१ मा जारी छ । तुलसीपुर चेम्बर अफ कमर्सको आयोजनामा फाल्गुन १ देखि १६ गतेसम्म तुलसीपुर–६ हात्तिखौवामा महोत्सव सञ्चालन भैरहेको छ ।

आज आइतबार चर्चित कलाकारहरु रमेशराज भट्टराई, इब्सल सन्ज्याल, बिमता घर्तीलगायतले प्रस्तुति दिने सांस्कृतिक समितिका संयोजक सन्तोष खड्काले जानकारी दिए । कार्यक्रममा उद्घोषण वर्षा पाण्डे र माधव खत्रीले गर्नेछन्। महोत्सवमा मनोरञ्जन सहित स्थानीय उत्पादन, हस्तकलाका सामग्री, कृषि उपकरण, व्यवसाय प्रवर्द्धन कार्यक्रमहरू समावेश गरिएको छ ।