दाङको तुलसीपुरस्थित डम्पिङ साइटमा आगलागी भएको छ । तुलसीपुर उपमहानगरपालिका–६ र १२ मा रहेको डम्पिङ साइटमा आगलागी भएको हो ।आगलागी राति कुन बेला सुरू भयो भन्ने बारे स्पष्ट जानकारी प्राप्त नभएको प्रहरीले जनाएको छ ।
तर स्थानीयवासी तारा प्रसाद परियारका अनुसार बिहान करिब ३ बजेतिर आगलागी भएको हो । उहाँले जानकारी दिएपछि दमकल र जेसीबीको सहयोगमा आगो नियन्त्रणमा लिइएको तुलसीपुर–६ का वडा अध्यक्ष दुजमान भण्डारी वर्षातले जानकारी दिनुभयो ।।