सुर्खेतबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना भएको छ । कर्णाली प्रदेश ०००१ ख ०७०१ नम्बरको रात्रिबस बबई गाउँपालिका–२ स्थित ट्वाङखोलामा दुर्घटनामा परेको हो । मंगलबार राति साढे ९ बजेतिर दुर्घटना हुँदा १३ जना घाइते भएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख खिमबहादुर खड्काले बताउनुभयो ।
घाइतेमध्ये ३ जनालाई नेपालगञ्ज लगिएको छ भने अरु सबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि डिस्चार्ज भइसकेका छन् । बस दुर्घटनामा मानविय क्षति नभएको र अन्य यात्रुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ । गाडी अनियन्त्रित भएर पल्टिएको हुन सक्ने प्रहरीले बताएको छ ।