२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

रुकुम पश्चिममा बम फेला

रुकुम पश्चिममा बम फेला परेको छ । बुधबार बिहान १० बजे त्रिवेणी गाउँपालिका वडा नम्वर ६ नेपाली सेनाको ब्यारेक नजिकै प्रदिप ओलीको बारीमा बम फेला परेको हो । बारीमा काम गर्ने क्रममा बम फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभयो ।

स्थानीयले बम जस्तो देखिने फलामको धातु फेला परेको भनेर सूचना दिएपश्चात प्रहरी चौकी झुल्नेटाबाट प्रहरी सहायक निरीक्षक टि.एम. सारु मगरको नेतृत्वको प्रहरी टोली र नेपाली सेनाको चण्डीदल गण सुरक्षा पोष्ट खाराबाट नेपाली सेनाको एक टोली घटनास्थल गएको छ । सुरक्षाकर्मीको टोली घटनास्थल पुगिसकेको र बम डिस्फोजल टोलीसँग समन्वय भईरहेको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । बम विगतको द्वन्द्वको क्रममा छोडिएको हुन सक्ने बताईएको छ ।