२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

प्रकृति लम्सालको न्यायको माग गर्दै दाङमा युवाको प्रदर्शन

प्रकृति लम्सालको न्यायको माग गर्दै आम स्वतन्त्र राष्ट्रिय प्रेमी युवाले बुधबार दाङमा प्रदर्शन गरेका छन् । केहीदिन अघि भारतको ओडिशामा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको रहस्यमय मृत्यु भएको थियो ।

नेपाली विद्यार्थीमाथि उल्टै दुर्व्यवहार लगायत विश्वविद्यालयबाट निकाली नेपाल फर्काएको अवस्था रहेको र तीन दिन बितिसक्दा पनि प्रकृति लाम्सालको मृत्युको रहस्य नखुलेको उनीहरुको भनाई छ । नेपाली विद्यार्थीहरूले न्यायको लागि पटकपटक विश्वविद्यालय प्रशासन एवं प्रहरीसँग माग गर्दा पनि सुनुवाई नभएको भन्दै आन्दोलन स्वरुप शान्तिपुर्ण बिरोध प्रदर्शन गरिएको युवा नेता बिनोद कुमार सोनीले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सधैं न्यायको लागि सडकमै उत्रिन पर्ने नेपाली जनतालाई बाध्य नबनाउन सरकारसँग माग गर्नुभयो । सडकदेखि नै स्थानीय, प्रदेश र केन्द्रीय सरकारको यसतर्फ ध्यानाकर्षण गराउनका लागी यो कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ । राप्ती गाउँपालिका—१ को पुलचोकमा राष्ट्रिय प्रेमी युवाहरूले शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।