२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

 लमहीमा धर्म ,धार्मिकता र आध्यात्मिकता विषयक अन्तरक्रिया

 दाङको लमहीमा धर्म ,धार्मिकता र आध्यात्मिकता विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। ॐ शान्ति लमहीका प्रमुख ईन्दिरा दिदीको अध्यक्षता तथा निवर्तमान प्रदेश सभा सदस्य रेवतिरमण शर्माको प्रमुख आतिथ्यमा ८९ औं शिवशक्ती अवतरणको मुहुर्तमा अन्तक्रिया गरिएको हो ।

अन्तरक्रियामा स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण भन्ने नारा सहित सकारात्मक समाज रुपान्तरणका लागि युवा सचेतना, दुर्व्यसन मुक्त समाज, स्वच्छ वातावरण निर्माण तथा पीडितलाई सहायता लगायतका गतिविधि गर्दै आएको निवृत्त शिक्षक ॐ शान्ति साधक दामोदर पाण्डेले जानकारी दिनु भयो ।

ॐ शान्ति लमही शाखा प्रमुख तथा लुम्बिनी प्रदेश उपाध्यक्ष ईन्दिरा दिदीले आध्यात्मिकता पहिचान ध्यान साधनाको व्यावहारिक प्रयोगबाट मात्रै सकारात्मक रुपान्तरणको परिकल्पना गर्न सकिने बताउनु भयो । उहाँले कलियुगको विषम घडीमा सम्पुर्ण सम्प्रदायको साझा लक्ष्य हुनुपर्ने बताउनुभयो । ॐ शान्ति संस्था परिचय गतिविधि शिवशक्तीका विषयमा गढवा शाखा प्रमुख दिदीले ध्यान, भजन, स्मृति अभ्यासको प्रस्तुति गराउनुभयो ।

यसैगरी गायत्री परिवार दाङ पनि स्वच्छ र स्वस्थ समाजका लागि आध्यात्मिक सशक्तीकरण’ मुल नारा लिए जसरी ॐ शान्ति निरन्तर अघि बढिरहेको गायत्री परिवार दाङका श्रीराम दहितले बताउनु भयो । गायत्री परिवार दाङ्ग सहकार्य गर्न धर्मतन्त्रको माध्यमबाट सकारात्मक रुपान्तरणमा गायत्री महामन्त्र जप,यज्ञ, ध्यान, योगको माध्यमबाट प्राकृतिक जीवनशैली जिउन युवा जागरण ,नारी जागरण , कुरिती न्यूनीकरण ,लैङ्गिक जातिय वर्गीय विभेद मुक्त समाज ,वातावरण संरक्षण अभियानमा रहेको बताउनु भयो ।

ॐ शान्ति साधक हरिहर शर्माले संस्थागत गतिविधि तथा व्यक्तिगत अनुभुती प्रस्तुत गर्नु भएको थियो । हिन्दु जागरण नेपालका शोभाकर सापकोटाले सनातन हिन्दु अभियान आजको आवस्यकता रहेको विचार राख्नु भयो । वैदिक सनातन अभियान्ता ,साइ केन्द्रका कोमानन्द पाण्डे ,गायत्री परिवारका ईश्वरा पछाई लगायतकाले विचार राख्नु भएको थियो ।ॐ शान्ति लमही दाङ्ग देउखुरी शाखाको आयोजनमा भएको कार्यक्रमको सहजीकरण र धन्यवाद ज्ञापन आनन्द भाइले गर्नु भएको थियो ।।