गृहमन्त्री रमेश लेखकले लोकतन्त्रको विकल्प नभएको बताउनुभएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले लोकतन्त्रको विकल्प लोकतन्त्र मात्रै हुने बताउनुभएको हो ।
लोकतन्त्रको रक्षा, संविधानको सुरक्षा र समावेशिताको सुदृढीकरण आजको आवश्यकता भएको गृहमन्त्री लेखकको भनाइ छ । दश वर्षमा संविधानको अभ्यास गर्दा देखिएका सबल र दुर्बल पक्षको विश्लेषण गरी संविधान संशोधनको तयारी भइरहेको उहाँले बताउनुभयो । संविधान संशोधन गर्दा संसदीय सर्वोच्चताको कुरा गर्नुपर्ने गृहमन्त्री लेखकले आवश्यकता औँल्याउनुभयो ।