रुकुम पश्चिमका १३ बर्षीय बालकको सडक निर्माणको क्रममा मिक्सर मेसिनमा च्यापिएर मृत्यु भएको छ । बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर २ मा सडक निर्माणको क्रममा कंक्रिट मिक्सर मेसिनमा च्यापिएर मृत्यु रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ६ निवासी १३ वर्षीय हिमबहादुर महताराको मृत्यु भएको हो ।
चौरजहारी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जय प्रकाश बोहराका अनुसार शनिबार बेलुका काम गर्ने क्रममा हिमबहादुरको मृत्यु भएको खबर आएको छ । पारीवारिक अवस्था निकै कमजोर भएकोले सानै उमेरमा हिमबहादुर कामको लागि एक महिना अघि बागलुङ पुगेको बताईन्छ ।