२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

तुलसीपुर महोत्सवमा आज चर्चित गायक उर्गेन दोङ आउँदै

तुलसीपुर महोत्सवको आज १२ औँ दिनमा चर्चित गायक उर्गेन दोङको प्रस्तुति रहने भएको छ । नेपाली संगीत जगतका चर्चित गायक दोङले आज तुलसीपुर महोत्सवमा आफ्ना गित प्रस्तुत गर्दा दर्शकको उल्लेख्य सहभागीता रहने आयोजकले जनाएको छ ।

उर्गेन दोङको गायनमा रहेको मिठास र गहिराईले धेरै दर्शकलाई महोत्सवस्थलसम्म तान्ने साँस्कृतिक संयोजक सन्तोष खड्काले बताउनुभयो । गायक दोङका ‘लजालु मायालु’ , ‘सैया’ लगायतका गितहरु निकै चर्चित छन् । गायक दोङ मुख्यतः लोक र आधुनिक संगीतको मिश्रण गर्नुहुन्छ । उहाँका गीतहरू प्रायः भावुक र जनजीवनसँग जोडिएका हुन्छन् ।

साँस्कृतिक संयोजक खड्काका अनुसार आज चर्चित गायक दोङसहित गायिका सुजाता केसी, जालुमाया गुरुङ, गायक नरेन्द्र आचार्य, सन्तोष खड्काको पनि प्रस्तुती रहने छ । यस्तै थारु नायिका तथा मोडेल अन्जु चौधरी, चर्चित डान्सर अस्मिीता रानामगरको पनि प्रस्तुति रहने आयोजकले जनाएको छ ।

‘स्वरोजगार, आत्मनिर्भरता हाम्रो आधार, शहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने नाराका साथ फागुन १ गतेदेखि सुरु भएको महोत्सव फागुन १६ गतेसम्म संचालन हुने महोत्सव मूल आयोजक समितिका संयोजक तथा तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले बताउनुभयो ।

महोत्सवमा विशेष लोकदोहोरी, सामूहिक लोकनृत्य प्रतियोगिता, तथा स्थानीय कलाकारहरूको दमदार प्रस्तुति समेत समावेश गरिएको उहाँले बताउनुभयो । महोत्सवमा सहभागी भई मनोरञ्जन लिन तथा स्थानीय व्यापार प्रवद्र्धन गर्न आयोजकले सबैलाई आग्रह समेत गरेको छ ।