दाङको गुरु जजुर नमुना माध्यमिक बिद्यालयले भव्य समारोहका विच ७०औं बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काको प्रमुख आतिथ्यता तथा तुलसीपुर उपमहानगरपालिका ४ का वडा अध्यक्ष तुलसी थापाको विशिष्ट आथित्यतामा कार्यक्रम भएको हो । सो अवसरमा विद्यालयले विश्व खोखो कप २०२५ मा नेपाललाई उपविजेता बनाउन सफल प्रशिक्षक गुरु जजुर विद्यालयकी पुर्व छात्रा उषा कुँवर भण्डारी तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट राष्ट्रिय शिक्षा पुरस्कार २०८० बाट सम्मानित विद्यालय शिक्षक नारायण देवकोटालाई सम्मानपत्र सहित बधाई ज्ञापन गरेको थियो। यसै क्रममा स्काउट ड्रेस प्रदान गर्नुहुने बामदेव धिताललाई समेत सम्मानपत्र प्रदान गरेको थियो।
वार्षिकोत्सव कार्यक्रमका अवसरमा विद्यालयको प्रधानाध्यापक विष्णु कुमारी के।सी।ले प्रतिवेदन पेश विद्यालयको ईतिहास र हालको अवस्थाबारे प्रकाश पार्नुभएको थियो। कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक प्रमोद न्यौपाने तथा स्काउट छात्रा समिक्षा पौडेलले स्वागत मन्तव्य राख्नुभएको थियो। स्काउट छात्राको मार्च पास, सलामी अर्पण कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा विज्ञान प्रदर्शनी, विभीन्न नृत्य प्रस्तुती गरे्र पुरस्कार तथा विभिन्न अक्षकोषबाट छात्रवृत्ति प्रदान गरेर भव्यताका साथ बार्षिकोत्सव कार्यक्रम समापन भएको थियो। कार्यक्रमको सहजीकरण शिक्षक लेवन्द्र केसी र घनश्याम डाँगीले गर्नुभएको थियो।