२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

दाङमा आफ्नै घरकाे गाेरूले हान्दा एकबृद्धकाे मृत्यु

दाङमा आफ्नै घरकाे गाेरूले हान्दा एकबृद्धकाे मृत्यु भएकाे छ । पानी खुवाउने क्रममा गोरुले हान्दा तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ जमेरा निवासी ७१ बर्षीय गहचा चौधरीकाे मृत्यु भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राणाले जानकारी दिनुभयाे ।

मंगलबार साँझ पौने ५ बजेतिर गोरुले हान्दा ढाड, पेट र दुवै हातमा चाेट लागेकाे थियाे । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गरेर घर लगेका उनको बुधबार विहान ९ बजेतिर घरमै मृत्यु भएको हो ।