नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई नेपालगन्जमा भब्य स्वागत गरिएको छ । नेपालगन्ज बिमानस्थलमा ठुलो संख्यामा उपस्थित भएका नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका हुन् । कांग्रेसका नेता तथा कार्यकर्ताहरु ठुलो संख्यामा बिमानस्थलमा उपस्थित भएका थिए ।
महामन्त्री थापालाई पञ्चेबाजा सहित मोटरसाईकल र्यालीले नेपालगन्जको भेरी प्राविधिक शिक्षालयसम्म ल्याएको थियो । कांग्रेस सम्बद्ध पेशागत तथा बुद्धिजीवी विभाग र नेपाल डेमोक्याट्रिक लयर्स एशोसियसनले आयोजना गरेको ‘संविधान संशोधन स् आवश्यकता र चुनौती’ विषयक लुम्बिनी प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न उनी केहीबेर अघि नेपालगन्ज आईपुगेका हुन् । उक्त कार्यक्रममा महामन्त्री थापा प्रमुख अतिथीका रुपमा रहेका छन् । नेपालगन्जको भेरी प्राविधिक शिक्षालयमा कार्यक्रम सुरु भएको छ ।