२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

“मेरो स्वास्थ्य, मेरो जिम्मेवारी” अभियान सुरू

लुम्बिनी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय तथा राप्ती आयुर्वेद चिकित्सालय, तुलसीपुरको आयोजनामा नसर्ने रोगहरूको पहिचानका लागि एक महिने स्वास्थ्य अभियान सुरू भएको छ। तुलसीपुर उपमहानगरपालिका–४, ठुलाखालीस्थित शिव, गणेश, कृष्ण मन्दिरमा अभियान सञ्चालन भएको हो । अभियानमा अभियान अन्तर्गत ३० वर्षमाथिका नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण सेवा प्रदान गरिनेछ।

स्वास्थ्यकर्मी रमेश केसीका अनुसार अभियानमा रक्तचाप जाँच, उचाइ र तौलको आधारमा BMI परीक्षण, ब्लड सुगर परीक्षण, पिसाब परीक्षण (मृगौलासम्बन्धी रोगको जाँच), स्वास्थ्य सम्बन्धी सम्पूर्ण परामर्श सेवा प्रदान गरिनेछ । महिना दिनसम्म सञ्चालन हुने यो अभियानले नागरिकहरूको नसर्ने रोगहरूको पहिचान र रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ। कार्यक्रम वडा नं ४ की वडा सदस्य नारायणी पुन प्रमुख अतिथ्यतामा भएको थियो । कार्यक्रमको सहजीकरण समाजसेवी कृष्ण खड्का र नन्दलाल पुनले गर्नुभएको थियो।