२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

गणित विषयका शिक्षका लागि प्रशिक्षण कार्यशाला सम्पन्न

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङको आयोजनामा एकदिने गणित विषयका शिक्षका लागि प्रशिक्षण कार्यशाला सम्पन्न भएको छ । आज बिहीबार जिल्लाका घोराही उपमहानगरपालिका वडा नम्बर १० स्थित होटल दाङ फन भ्यालीमा भएको कार्यक्रमका बिच एकदिने गणित प्रशिक्षण कार्यशाला सम्पन्न भएको हो ।

प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेको अध्यक्षता तथा प्याब्सनका निवर्तमान केन्द्रीय सदस्य केशव थापाको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा विषय विज्ञ डि. आर. सिम्खडाले प्रशिक्षण दिएका थिए । कक्षा १ देखि १० सम्मको गणित विषय शिक्षण तथा प्रश्न निर्माण सम्बन्धी प्रशिक्षण दिइएको थियो ।

कार्यक्रममा रिडमोर पब्लिकेसन्सले सहकार्य गरेको थियो । प्याब्सन दाङका बरिष्ठ उपाध्यक्ष विरेन्द्र चन्दले कार्यक्रममा स्वागत मन्तव्य राखेका थिए । प्याब्सन दाङका तालिम तथा अनुसन्धान विभागका संयोजक चक्रबहादुर रावतले धन्यवाद मन्तव्य राखेका थिए भने सदस्य हरिप्रसाद पौडेल र विष्णु हमालले कार्यक्रमको सहजीकरण गरेका थिए ।