२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

चौथो खुमबहादुर खड्का भलिबलको उपाधि मणिमुकुन्द क्लबलाई


दाङको घोराहीमा भएको चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि मणिमुकुन्द भलिबल क्लबले जितेको छ ।
नेपाली कांग्रेस दाङ, खुमबहादुर खड्का समाज विकास समिति दाङको आयोजनामा जारी प्रतियोगितामा शनिबार भएको फाईनल खेलमा मणिमुकुन्द भलिबल क्लवले न्यु होराईजन स्पोर्टस क्लबलाई ३–१ को सेटमा हराउँदै उपाधि हात पारेको हो ।
घोराही १५ स्थित शहीद मञ्चमा भएको प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लबले न्यु होराईजन स्पोेट्र्स क्लबलाई २५–१४, २७–२९, २५–१९, २५–२० को सेटमा हराएको हो । हजारौँ दर्शकको उपस्थितीमा भएको खेलमा मणिमुकुन्दले दोस्रो सेट कडा प्रतिष्पर्धाका बीच हार व्यहोरे पनि अरु सेट सहजै आफ्नो पक्षमा पार्यो ।
फागुनको २० गतेदेखि भएको प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब समुह ‘ए’ को उपविजेता हुँदै सेमीफाईनलमा प्रवेश गरेको थियो भने फाईनलमा हार व्यहोर्दै उपविजेता बनेको न्यु होराईजन स्पोटर््स क्लब समुह ‘बी’ को विजेता हुँदै सेमीफाईनलमा पुगेको थियो ।
यसअघि शनिबार बिहान तेस्रो स्थानका लागि भएको प्रतियोगितामा रोयल सिस्ने स्पोटर््स क्लबले वली बंशावली समाज (चित्रालेखी) लाई ३–० को सोझो सेटमा हराउँदै तृतीय भएको छ । रोयल सिस्नेले २५–२०, २५–१९ र २५–१९ को सोझो सेटमा वली बंशावली समाज (चित्रालेखी) लाई हराएको हो ।
प्रतियोगिताको उपाधि जितेसँगै मणिमुकुन्द भलिबल क्लबले नगद दुई लाख ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेका न्यु होराईजन स्पोटर््स क्लबले नगद एक लाख २५ हजार तथा तेस्रो भएको रोयल सिस्नेले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको नेपाली कांग्रेस दाङका सहसचिव एवं खुमबहादुर खड्का समाज विकास समितिका संयोजक राजु आचार्यले जानकारी दिनुभयो ।
प्रतियोगिताभर खेल प्रदर्शनका आधारमा विधागत रुपमा उत्कृष्ट खेलाडीसमेत घोषित गरिएको छ । जसमा उत्कृष्ट खेलाडी मणिमुकुन्दका रेशम छन्त्याल हुनुभयो ।
उत्कृष्ट सर्वर न्यु होरार्यजका विष्णु बस्नेत हुँदा उत्कृष्ट स्पाइकर मणिमुकुन्दका रेशम बिक हुनुभयो । यसैगरी, उत्कष्ट सेटर मणिमुकुन्दका दीपेन्द्र कुँवर, उत्कृष्ट डिफेन्डर न्यु होराईजनका तुलसीराम वागचन बन्नुभयो । उत्कृष्ट ब्लकर मणिमुकुन्दका चिरण खड्का हुँदा उत्कृष्ट कोच मणिमुकुन्दका पवन थापा हुनुभयो ।
फागुन २० गतेबाट शुरु भएको प्रतियोगितामा लुम्बिनी प्रदेशका ८ टीमले सहभागीता जनाएका थिए ।