२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

जाजरकोटमा आगलागीबाट एक बालकको ज्यान गयो

जाजरकोटको कुशे गाउँपालिकामा गएराति भएको आगलागीमा परेर एक बालकको ज्यान गएको छ । कुशे गाउँपालिका वडा नम्बर ८ ग्राक्ली साँक्टका जनक बहादुर रोकायको घरमा खाना पकाउने चुलोबाट छानामा आगो सल्किएर आगलागी हुँदा उहाँका १२ वर्षका छोरा अमरको ज्यान गएको हो ।

जनक र आमा बिजुली रोकाय घाइते हुनुभएको जाजरकोट प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ७ जनाको परिवार रहेको घरमा अरूको सकुशल उद्धार भएको छ । पशु चौपायालाई पनि स्थानीयबासिन्दाले बाहिर निकाल्न भ्याएका छन् । धन, पैसा र लत्ताकपडा भने सबै जलेर नष्ट भएका छन् ।