२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

राप्रपाले काठामाडौं महानगरलाई एक लाख जरिवाना बुझायो

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) ले काठमाडौं महानगरपालिकालाई जरिवाना बुझाएको छ । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो । उक्त जरिवाना वापतको रकम राप्रपाले महानगरलाई सोमबार बुझाएको हो । संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले महानगर प्रहरीको टोलीलाई भेटेर जरिवाना वापतको रकम बुझाएको हो ।